जेसीआई हेटौंडाको आयोजनामा २०८२ साल असार २३ गते सोमबार एक कार्यक्रमका बिच हेटौंडा वडा नं. ९ मा अवस्थित श्री त्रिवेणी आधारभूत विद्यालयमा जेसीआई हेटौंडा वर्ष २०२० का शाखा अध्यक्ष सिनेटर राजदेव बानियाँको सौजन्यमा स्व. पिता बिहारी लाल बानियाँ ज्यूको स्मृतिमा पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।
जेसी आँसु बानियाँको संयोजकत्वमा भएको कार्यक्रम जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँको सभाअध्यक्ष्ता, विद्यालयका प्रधानाध्यापक एवम् जेसीआई हेटौंडा लेडी वर्ष २०२० का शाखा अध्यक्ष जेसी सुशिला पौडेल, वडा नंं ९ का वडा सदस्यहरु कमला पौडेल, बिष्णु रानाको आतिथ्यता एवम् जेसीआई हेटौंडाका निवर्तमान अध्यक्ष तथा जेसीआई नेपाल वर्ष २०२५ का राष्ट्रिय महासचिव सिनेटर विकेश लाल श्रेष्ठ विशिष्ट अतिथि र हेटौंडा उपमहानगरपालिका वडा नंं ९ का वडा अध्यक्ष एवम् जेसीआई हेटौंडाका मानार्थ सदस्य सुकराम केसी ज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जेसीआई हेटौंडा वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी सन्तोष पराजुलीले कार्यक्रम माथि प्रकाश पार्दे स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सुकराम केसी, विशिष्ट अतिथि सिनेटर विकेश लाल श्रेष्ठ लगायत अन्य अतिथि ज्यूहरले विद्यालयमा कक्षा नर्सरीमा अध्यरत २५ जना विद्यार्थी भाई बहिनीहरुलाई टि—सर्ट, टाउजर, जुत्ता, मोजा लगायतका पोशाकहरु हस्तान्तरण गर्नु भएको थियो । पोशाक सौजन्य कर्ता जेसीआई हेटौंडा वर्ष २०२० का शाखा अध्यक्ष सिनेटर राजदेव बानियाँ ज्यूले आफनो मन्तव्य मार्फत आगामी दिनमा समेत पोशाक वितरण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
जेसीआई हेटौंडा वर्ष २०२५ का महासचिव जेसी संजय कुमार न्यौपानेले संचालन गर्नु भएको कार्यक्रममा कार्यक्रमका अतिथि विद्यालयका प्रधानाध्यापक एवम् जेसीआई हेटौंडा लेडी वर्ष २०२० का शाखा अध्यक्ष जेसी सुशिला पौडेल, विशिष्ट अतिथि जेसीआई हेटौंडाका निवर्तमान अध्यक्ष एवम् जेसीआई नेपाल वर्ष २०२५ का राष्ट्रिय महासचिव सिनेटर विकेश लाल श्रेष्ठ र प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका वडा नंं ९ का वडा अध्यक्ष एवम् जेसीआई हेटौंडाका मानार्थ सदस्य सुकराम केसी ज्यूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।